कान्ति लोकपथ आजदेखि चार दिन पूर्ण रूपमा बन्द

लोकपथ
231
Shares

काठमाडौं । हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ बुधबारदेखि चार दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ। 

राजमार्ग अन्तर्गत बागमती खोलामा निर्माणाधीन बेलिब्रिज जडान कार्यका कारण सडक खण्डमा सवारी आवागमन चार दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको हो । 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सूचना जारी गर्दै जेठ २१ देखि २४ गतेसम्म (चार दिन) सडक पूर्ण रूपमा बन्द हुने जानकारी दिएको हो ।

सवारी आवागमन रोकिँदा हेटौँडा–काठमाडौं तथा काठमाडौं–हेटौँडा यात्रा गर्नुपर्ने यात्रुहरूलाई कुलेखानी–कलंकी–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडकजस्ता वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ।

निर्माणकार्य सकिएपछि सडक पुनः सञ्चालनमा आउनेछ। यात्रुहरूले असुविधा भोग्न नपरोस् भनेर प्रशासनले पूर्व सूचना जारी गर्दै सतर्क रहन अनुरोध गरेको छ।

WhatsApp-Image-2025-06-03-at-09.09.05-1749003541.jpeg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?