काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ ।
यो त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नेपालले आज आफ्नो दोस्रो खेल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो ।
खेल स्कटल्याण्डको फोर्थहिल डुन्डीमा नेपाली समय अनुसार अपराह्न ३ : ४५ बजेबाट सुरु हुनेछ।
नेपालले यसअघि सिरिजको पहिलो खेलमा स्कटल्याण्डलाई एक विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको थियो।
दुई सय ९७ रनको लक्ष्य पछ्याएको नेपालले ४९ दशमलव पाँच ओभरमा ९ विकेट गुमाएर पूरा गरेको थियो।
नेपालको जितमा करण केसी नायक बनेका थिए। उनले ४१ बलमा तीन चौका र चार छक्काको सहयोगमा अविजित ६५ रन जोडेका थिए । त्यसै गरी ओपनर कुशल भुर्तेलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोड्दै अर्ध शतक बनाएका थिए ।
नेदरल्याण्ड्ससँग नेपालले हालसम्म खेलेका पछिल्ला पाँच खेलमध्ये दुईमा जित र तीनमा हार व्यहोरेको छ।
स्कटल्याण्डलाई हराएसँगै नेपालले ८ अंक बनाउँदै अंक तालिकाको पुछारबाट एक स्थान माथि उक्लिएको छ। युएई ६ अंकसहित पुछारमा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया