चित्रकलाले संस्कृति र इतिहासलाई जीवन्त बनाउँछ : प्रधानमन्त्री ओली

लोकपथ
63
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चित्रकलाले नेपालको संस्कृति र इतिहासलाई जीवन्त बनाउने बताएका छन् । 

अग्रज चित्रकार हरिप्रसाद शर्माका ‘समय क्रममा नेपालः चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ चित्रहरूको विशेष प्रदर्शनीको अवलोकन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

शर्माको चित्रकलाले नेपाली समाज, संस्कृति र इतिहासको महत्त्वपूर्ण पक्ष उजागर गरेको उल्लेख गर्दै भावी पुस्ताका लागि मार्गदर्शक बन्ने विश्वास व्यक्त गरे । सिर्जनाहरूले देशको सांस्कृतिक सम्पदाप्रति जनचेतना बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । 

उनले भने, ‘हरि प्रसाद शर्माज्यूको चित्रकलामा इतिहासको अध्ययन छ । र यस अध्ययनलाई आफ्नो कलामार्फत सजीव सचित्र रूपमा प्रस्तुत गर्नुभएको छ । भावी पुस्ताले पनि इतिहास बुझ्नुपर्‍यो । हामी कताबाट आयौँ ? कस्तो इतिहासबाट आयौँ भन्ने कुरा थाहा पाउनुपर्‍यो । हाम्रो कला, संस्कृति थियो र आज कस्तो छ भन्ने कुरा थाहा पाउनुपर्‍यो । हाम्रो संस्कृतिको विकासका बारेमा उहाँले मेहेनतका साथ चित्रण गर्नुभएको छ । उहाँले नेपाली समाजलाई गुन लाउनु भएको छ ।’

८८ वर्षीय शर्माको पाँचौँ एकल प्रदर्शनी यही जेठ ९ गतेदेखि आर्ट काउन्सिल नेपालमा भइरहेको छ । चित्रमा दर्शकले उपत्यकाको समृद्ध नेवारी लोकसंस्कृति, जनजीवन, तत्कालीन नेवारी परिवेश र प्रचलनलाई अनुभव गर्न पाउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?