काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंँले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।
पाण्डेमाथि गुरागाईँले ७ बुँदे स्पष्टीकरण सोधेका थिए । गुरागाईँ कार्यालय प्रवेश गर्दा पाण्डेको नेतृत्वमा बाटो छेकिएको भन्दै गुरागाईँले पाण्डेमाथि गत जेठ ६ गते स्पष्टीकरण सोधेका थिए ।
गुरागाईँले आफू महानगरमा प्रवेश गर्दा अवरोध गर्न भूमिका खेलेको आरोपमा उनीमाथि स्पष्टीकरण सोधेका थिए ।
स्पष्टीकरणमा कर्मचारीले पालना गर्नुपर्ने नियम पालना नगरेको, मिडियामा अनावश्यक बयानबाजी गरेको, सर्वसाधारणमाथि अमानवीय व्यवहार गरेको लगायत कुरा उल्लेख गरिएको थियो । पाण्डेले स्पष्टीकरण बुझाए पनि चित्त चित्त नबुझेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले ६ महिनाका लागि निलम्बन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया