विपद्जन्य घटना न्यूनीकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

लोकपथ
70
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटना न्यूनीकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् 

उनले समयमै नदी र खोलाहरूलाई सफा गर्ने, बाँध लगाउने जस्ता कामहरू सरकारले गरिरहेको पनि उल्लेख गरे । उनले अधिकार सम्पन्न बागमती सभ्यताबाट नदीहरू सफाइ गर्ने कार्य सुरु गरिसकेको बताए ।

उनले अचानक आउने विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सरकारले यस पटकदेखि सानो भए पनि तत्काल अर्च गर्न पाउने गरी बजेट विनियोजन गरेको बताए । 

उपप्रधानमन्त्री सिंहले भने, ‘समयमै नदी र खोलाहरूलाई क्लिन गर्ने, बाँध लगाउने गरेको खण्डमा त्यसबाट धेरै हदसम्म क्षति कम हुने सुझाव आएको छ । त्यो सकारात्मक छ । हामीले अधिकार सम्पन्न बागमती सभ्यताबाट नै हामीले नदीहरू सफाइ गर्ने कार्य सुरु भइसकेको छ । अचानक बाढी आउँछ, पुलहरु ड्यामेज हुन्छन्, बजेट पहिला तत्काल प्रयोग गर्न बजेट थिएन । तर अहिले हामीले विपद् हुँदा त्यसलाई सम्बोधन गर्न बजेट राख्नुपर्छ भनेर सानो भए पनि सुरुवात गरेका  छौँ । मनसुनबारे पूर्व सूचना अनुसार हामी मन्त्रालयबाट आवश्यक तयारीका काम सुरु गरिसकेका छौँ ।’ उपप्रधानमन्त्री सिंहले विगतमा भएका कामबाट सिकेर अघि बढ्न जरुरी रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?