काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरूको सहजताका लागि सशस्त्र प्रहरी बल नेपालले आज मंगलबार पनि २ वटा बस सञ्चालन गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने एउटा बस स्वयम्भु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म सञ्चालन हुनेछ भने अर्को बस स्वयम्भु, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ ।
सवारी साधन बन्दका कारण सर्वसाधारण नागरिकहरूलाई गन्तव्यसम्म पुर्याउनका लागि सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया