काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य तोलामा दुई हजार ९०० रुपैयाँले बढेर एक लाख ९२ हजार ७०० रुपैयाँ पुगेको छ । हिजो सोमबार (जेठ १९) छापावाल सुनको प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ बढेको छ । महासंघले चाँदीको मूल्य तोलाको दुई हजार ४५ रुपैयाँ कायम गरेको छ । हिजो सोमबार चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया