मधेश प्रदेश : माओवादी संसदीय दलका नेता भरत साहले दिए राजीनामा

लोकपथ
3.6k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन् । साहले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष उनले राजीनामा पत्र बुझाएका हुन् ।  

मधेश प्रदेशमा माओवादी केन्द्रका ९ जना सांसद छन् । तीमध्ये अधिकांशले साहको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै उनलाई पदबाट हटाउन दबाब दिँदै आएका थिए । तर, अध्यक्ष प्रचण्ड र प्रदेश ईन्चार्ज मातृकाप्रसाद यादवको समर्थन पाउँदै आएका साहले यसअघि राजीनामा नदिने अडान लिएका थिए ।

तर केही समयअघि साहविरुद्ध पार्टी हितविपरीत गतिविधिमा संलग्न भएको भन्दै उजुरी पार्टी केन्द्रीय नेतृत्वमा पुगेको थियो ।

अध्यक्षकै निर्देशन आएपछि साहले आफ्नो अडान परिवर्तन गर्दै अन्ततः राजीनामा बुझाएको बताइएको छ । पार्टीले अब नयाँ संसदीय दलको नेता चयन गर्ने तयारी थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?