काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण गरेको छ । बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयहरुमा १ हजार वटा फलफूलको बिरुवाहरू रोपण गरेको हो ।
उक्त वृक्षारोपण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्रधानाध्यापक, विद्यालयका प्रतिनिधिहरू र विद्यार्थी सहित स्थानीयहरूको उपस्थिति रहेको थियो ।
साथै, बैंकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडाहरूमा १५ सय वटा बाँसका बिरुवाहरू रोपण गरेको छ । बैंकले संचालन गरेको उक्त वृक्षारोपण कार्यक्रममा खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख, नेपाली आर्मी र नेपाल प्रहरीका जिल्ला नेतृत्व तथा प्रतिनिधिहरु र स्थानीय व्यक्तिहरूको ठुलो उपस्थिति रहेको थियो ।
बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा यस आर्थिक वर्षमा मुलुकभर १८ हजार बिरुवा रोपण गर्ने लक्ष्यका साथ विभिन्न स्थानमा वृक्षारोपण गरिरहेको छ ।
बैंकले विश्व वातावरण दिवसको अवसर पारेर ७ वटै प्रदेशहरूको विभिन्न स्थानहरूमा वृक्षारोपण गरिरहेको छ । साथै, उक्त वृक्षारोपणले जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयहरूको आयआर्जनमा सहयोग हुने विश्वास बैंकले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया