कोशी प्रदेशमा मनसुनको प्रभाव, अन्य प्रदेशको मौसम कस्तो रहला ?

लोकपथ
749
Shares

काठमाडौ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायु र कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावका कारण देशका विभिन्न भागमा मौसममा परिवर्तन देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । 

महाशाखाका अनुसार आज दिउँसो  देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

आज राति  लुम्बिनी  प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसको साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?