सम्पर्क भएन भनेका ओली भेट्न पुगे प्रचण्ड, देउवासहित शीर्ष नेता सहभागि

लोकपथ
1.2k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्तारुढ र विपक्षी दलका शीर्ष नेताहरुले भेटघाट गरेका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसहित सत्तारुढ कांग्रेसका सभापति शेरबहादुर देउवा र विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भेटघाट भएको हो ।

आजको बैठकमा संसदमा जारी अवरोध हटाउने लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा तीन शीर्ष नेतासहित गृहमन्त्री रमेश लेखक, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, माओवादी महासचिव देवप्रसाद गुरुङ, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का लगायतका नेताहरु सहभागि रहेका छन् ।

त्यसो त आजै प्रधानमन्त्री ओलीले संसदको अवरोध हटाउन आफूले प्रचण्डसँग भेट्न चाहेको तर प्रचण्ड सम्पर्कमा आउन नचाहेको भन्दै कटाक्ष गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?