काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले बैंक तथा वित्तीय संस्थासम्बन्धी बाफिया विधेयकमा डिजिटल करेन्सीदेखि डिजिटल कारोबारलाई नियमन गर्न खोजिएको बताए ।
सोमबार अर्थ समितिमा भएको बाफिया विधेयकसम्बन्धीको छलफलमा उनले डिजिटल करेन्सी, डिजिटल बैंकिङजस्ता विषयहरुलाई नियमन गर्नैपर्ने भएकाले तिनलाई सम्बोधन गर्ने गरी विधेयक ल्याइएको बताए । डिजिटल करेन्सी, डिजिटल बैंकिङजस्ता विषयहरू पुरानो ऐनले नचल्ने बताए ।
सहसचिव पोखरेलले भने, ‘नयाँ विषयहरू डिजिटल करेन्सी, डिजिटल बैंकिङजस्ता विषयहरुलाई अहिलेको पुरानो ऐनले चिन्दैन । त्यसैले बाफिया विधेयकमा ती विषयहरू राखिएको छ । ६७ खर्ब बैंकमा सर्वसाधारणको निक्षेप छ, त्यसैले पनि त्यसलाई संरक्षण गर्नका लागि बाफियाको विधेयक ल्याइएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया