विधि पुर्‍याउने नाममा बैंकले दुख दिए : सभापति चालिसे

लोकपथ
1.9k
Shares

काठमाडौं । अर्थसमिति सभापति सन्तोष चालिसेले १४ प्रतिशतबाट ७ प्रतिशतमा ब्याजदर झर्दा पनि बैंकमा कोही पनि पैसा लिन नजानु चिन्ताको विषय भएको बताएका छन् । सोमबारको अर्थ समितिको बैठकमा बोल्दै सभापति चालिसेले यस्तो बताएका हुन् ।

उनले तरलता ठुलो मात्रमा रहेको बताउँदै उनले विधि पुर्‍याउने नाममा बैंकले समेत ऋण लिन जानेहरुलाई दुःख दिने गरेको बताए । आज अर्थसमितिमा बाफियासम्बन्धी विधेयकमा बोल्दै सभापति चालिसेले काम गर्न चाहनेलाई क्षमताको आधारमा बैंकहरुले सहज रुपमा कर्जा दिने वातावरण हुनुपर्ने बताए । 

उनले भने, ‘साना उद्योगीहरुलाई ऋण दिनेबारे प्राथमकितामा राख्नुपर्छ । दूरदराजका मान्छेलाई काम गर्न खोज्नेलाई मात्रै घरजग्गाको मूल्यांकनका आधारमा होइन क्षमता र प्राकृतिक हिसाबले दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?