आगलागीमा परेर वृद्धको मृत्यु

लोकपथ
112
Shares

काठमाडौं । कैलालीको गौरीगङ्गा नगरपालिका–१० जवलपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ ।

आइतबार राति अनिल चौधरीको दुई तले काठको गोठमा आगलागी हुँदा गोठको माथिल्लो तल्लामा सुतिरहेका बुबा ७२ वर्षीय कुक्रु डगौरा थारूको जलेर मृत्यु भएको हो । 

आगलागीको सूचना पाएलगत्तै प्रहरी नायब निरीक्षक खेमराज पन्त नेतृत्वको टोलीले घटनास्थलमा पुगेर आगो निभाएको थियो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट चौधरीको गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?