काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले झापा र सुनसरी जिल्लामा तदर्थ समिति गठन गरेको छ ।
संगठनको हिजो सम्पन्न बैठकले दुबै जिल्लामा नयाँ नेतृत्वसहितको समिति गठन गर्ने निर्णय गरेको हो ।
सुनसरीमा गठन गरिएको तदर्थ समितिको संयोजकमा खगेन्द्र केसी चयन भएका छन् । समितिका सदस्यहरूमा विदुर बराल, अभिषेक घिमिरे, सुलोचना शाह, श्रवण कुमार शाह, रावेन्द्र शर्मा, मनोज शाह, उमेश मेहता र राम कुमार चौधरी रहेका छन्।
त्यस्तै, झापामा धर्म राज माझी संयोजक रहेको तदर्थ समिति गठन गरिएको छ । समितिमा सुवर्ण भट्टराई, धिरज नारायण गणेश, हरि धिमाल, पूजा कट्टेल, प्रवासी चौधरी, लक्ष्मी ढकाल, खेम दाहाल र विमल राजवंशी सदस्यका रूपमा रहेका छन् ।
नेसनल प्याब्सनका अनुसार नवगठित तदर्थ समितिहरूले सम्बन्धित जिल्लामा संगठन सुदृढीकरण, विद्यालयहरूको हित संरक्षण, समस्या समाधान तथा संगठनात्मक गतिविधि सञ्चालनमा सक्रिय भूमिका खेल्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया