नवलपरासीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एकको मृत्यु, पाँच घाइते

लोकपथ
336
Shares

काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा सोमबार बिहान एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

नारायणगढतर्फ बिरामी बोकेर जाँदै गरेको ना४च ४६१६ नम्बरको एम्बुलेन्स र विपरीत दिशामा जाँदै गरेको बा२०च ७२ नम्बरको स्कुल भ्यान एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । 

 दुर्घटनामा दिव्य एकेडेमी बोर्डिङ स्कुल, केउरेनीका भ्यान चालक ५२ वर्षीय कुलप्रसाद सुवेदी गम्भीर घाइते भएका थिए। टाउको र खुट्टामा गम्भीर चोट लागेका सुवेदीको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

 अन्य घाइतेहरूको भरतपुरको मनकामना अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?