गभर्नरसँग एमाले सांसद थापाको प्रस्ताव: पृथ्वीनारायण शाहको तस्बिर नोटमा राखौँ

लोकपथ
7.7k
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रस्ताव गरेका छन् । 

सोमबार अर्थ समितिमा बाफियामाथिबारेको छलफलमा भाग लिँदै उनले राष्ट्र एकीकरण गर्नेको तस्बिर नोटमा राखिनुपर्ने बताएका हुन् ।

उनले आफू राजावादी नभए पनि नेपालको एकीकरण गर्ने व्यक्तित्वको तस्बिर नोटमा राख्नु उचित हुने बताए । उनले पृथ्वीनारायण शाहको तस्बिर नोटमा राखेको खण्डमा इज्जत बढ्ने पनि बताए । 

उनले नेपालमा जन्मिएको बुद्धको फोटोसमेत नोटमा राख्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?