कस्तो रह्यो विद्यादेवी भण्डारीको चीन भ्रमण ?

लोकपथ
210
Shares

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमण सफल भएको प्रतिक्रिया दिएकी छन् ।

सोमबार चीनबाट फर्किएकी पूर्व राष्ट्रपति भण्डारीले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै चीन भ्रमण सफल भएको बताएकी हुन् ।

राष्ट्रपति भण्डारी उद्योगमन्त्री दामोदर भण्डारीसहित एमाले नेताहरु लिएर गत जेठ १० गते चीन प्रस्थान गरेकी थिइन् ।
‘ मेरो चीन भ्रमण राम्रो भयो । माननीय दामोदर भण्डारीले सबै कुरा गर्नुहुन्छ,’ उनले भनिन् ।

त्यस्तै यता मन्त्री भण्डारीले चीन भ्रमणबारे ‘ब्रिफिङ’ गर्दै वर्तमान गठबन्धनप्रति चीन सकारात्मक रहेको दाबी गरे । साथै उनले पूर्वराष्ट्रपति भण्डारीसहितको चीन भ्रमण सफल भएको बताए ।

पछिल्ला दिनहरुमा पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय रहँदै आइरहेकी छन् । नेकपा एमालेको भावी नेतृत्वको रुपमा समेत भण्डारीलाई हेरिएका बेला चीन भ्रमणलाई चासोका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?