नेपालमा हिन्दुराष्ट्र पुन:स्थापनाका लागि भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

लोकपथ
6.5k
Shares

काठमाडौं । नेपालमा हिन्दुराज्य र राजतन्त्र पुन:स्थापनाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामु पत्र लेखिएको पाइएको छ ।

‘नेपाल हिन्दु राष्ट्र पुन:स्थापना मञ्च भारत’ नामक हिन्दुवादी एक समूहले भारतीय प्रधानमन्त्री मोदीलाई पत्र लेखेको हो ।

नेपालमा राजावादी आन्दोलन चलिरहेका बेला उक्त मञ्चका अध्यक्ष समेत रहेका विष्णुप्रसाद बरालले मोदीलाई पत्र लेखेका हुन् ।

उनले निकट भविष्यमा नै नेपालमा हिन्दुराज्य र राजतन्त्र पुन:स्थापना हुने दाबी समेत गरेका छन् ।

आइतबार दिल्लीको प्रेस क्लब अफ इण्डियामा पत्रकार सम्मेलनको आयोजना गरी भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री मोदीलाई ज्ञापन पत्र पठाइएको समेत बताइएको जानकारी गराइएको छ ।

मञ्चले नेपालमा चलिरहेको राजावादी आन्दोलनको बयान गर्दै भारत सरकारसँग समेत अप्रत्यक्ष रुपमा सहयोग मागेको छ ।

प्रधानमन्त्री मोदीलाई पठाइएको पत्रमा नेपालाई हिन्दु राष्ट्र घोषित गर्नका लागि नैतिक, कूटनीतिक र रणनीतिक समर्थन गरिदिन माग गरिएको छ ।

त्यसो त यसअघि गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत भएको थियो । त्यहाँ भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत तस्बिर देखिएपछि नेपालमा चलिरहेको हिन्दूवादी आन्दोलनमा भारतको समेत साथ रहेको भन्दै आलोचना समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?