काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रप्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमा कटाक्ष गरेका छन् ।
पछिल्ला दिनहरुमा बढिरहेको राजावादी आन्दोलनलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले राजावादी आफूलाई मन नपर्ने बित्तिकै
‘झोले’ भन्ने प्रवृत्तिको विरोध गरे ।
उनले ‘म झोले हो’ भन्ने पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौँ गुणा उत्तम चरित्र हो ।’

केहीवर्षदेखि नेपालमा चलिरहेको ‘पपुलिज्म’ को विषयमा कसैलाई भगवान बनाउनका लागि सामूहिकताका विश्वास गर्नेहरुलाई झोले भन्ने प्रवृत्ति रहेको ओलीको आरोप छ । असत्यले भीड जम्मा गर्ने र त्यससँग शक्ति भए पनि सत्य अगाँल्न छाड्न नहुने बताएका छन् ।
‘हिजोआज एउटालाई भगवान बनाउनु पर्यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया