सार्वजनिक यातायात ठप्प भएपछि प्रहरीले सुरु गर्‍यो निःशुल्क बस सेवा

लोकपथ
1.4k
Shares

काठमाडौं । सार्वजनिक यातायात बन्द भएपछि प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

यातायात व्यवसायीहरुले विभिन्न माग राखेर आज काठमाडौं उपत्यकासहित विभिन्न स्थानहरुमा सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन् ।

गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी मापदण्डको विरोधमा व्यवसायीहरुले आज अनिश्चितकालका लागि सार्वजनिक यातायात बन्दको घोषणा गरेका हुन् । जसका कारण धेरै यात्रुहरु मारमा परेका छन् ।

यात्रुहरुको सुविधाका लागि नेपाल प्रहरीले काठमाडौंका विभिन्न रुटमा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको हो ।

प्रहरीका अनुसार रुट नं १ अन्तर्गत बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल, नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ हुँदै नयाँ बसपार्कसम्म रहेको छ ।

त्यस्तै रुट नं २ अन्तर्गत कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चावहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार, नक्साल, रातोपुल, गौशाला, एयरपोर्टसम्म रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?