आजका लागि किन स्थगित भयो राजावादी आन्दोलन ?

लोकपथ
2.4k
Shares

काठमाडौं । संयुक्त जनआन्दोलन परिचालन समितिले आज प्रदर्शन नगर्ने भएका छन् ।

०५८ जेठ १९ गते दरबार हत्याकाण्डको स्मरणमा आज शोक सभा गर्ने भन्दै प्रदर्शन नगर्ने भएका हुन् ।

समितिको अगुवाईमा जेठ १५ गते गणतन्त्र दिवसदेखि राजतन्त्र र हिन्दुराज्यको मागसहित प्रदर्शन भइरहेको छ । तर जेठ १९ गते (आज) राजदरबार हत्या काण्ड भएको २४ वर्ष पूरा भएको छ । सो दिनको स्मरण गर्दै शोकको दिनमा जुलुस, धर्ना जस्ता अन्य आन्दोलनका कार्यक्रमहरु नरहने भन्दै प्रदर्शन स्थगित गरिएको समितिका नवराज सुवेदीले जानकारी गराएका छन् ।
त्यस्तै जनआन्दोलनका अन्य कार्यक्रमहरुबारे अन्य सूचना जारी गरिने समेत बताइएको छ ।

‘आज जेठ १९ गते, श्री ५ महाराजधिराज वीरेन्द्र तथा श्री ५ बडामहारानी ऐश्वर्य लगायत राजपरिवारका सदस्यहरुको दृदयविदारक देहवसान भएको सबै नेपालीहरुको लागि शोकको दिन हो । तसर्थ शोकको दिनमा जुलुस, धर्ना जस्ता आन्दोलनका कार्यक्रम केही नगरी आज साँझ ६ बजे कमलादी गणेशस्थानमा दिवंगत आत्माहरुको चिर शान्तिका लागि दिप प्रज्ज्वलन कार्यक्रममा सहभागि हुन आन्दोलनकारी तथा सर्वसाधारण जनसमुदाय सबैलाई हार्दिक अनुरोध गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसो त राजावादी आन्दोलन निरन्तर हुँदै गएपछि सरकारले राजावादीहरुलाई प्रदर्शनका लागि निश्चित ठाउँबाहेक अन्य स्थानमा प्रदर्शन गर्न समेत रोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?