काठमाडौं । काठमाडौंको लाजिम्पाटमा रहेको कान्तिपुर होलिडेजले जापान घुम्न चाहने नेपालीहरूको लागि लक्जरी टुर प्याकजेको अफर ल्याएको छ । होलिडेजले आगामी जुलाई २८ अर्थात् साउन १२ गते फिक्स डिपार्चर गर्ने गरी लक्जरी प्याकेज ल्याएको हो ।
एसियाकै विकसित र समृद्ध मुलुक जापानको भ्रमणका लागि होलिडेजले एक समूहमा १० जना रहने गरी ४ रात ५ दिनको लक्जरी प्याकेज सार्वजनिक गरेको हो । ४ रात ५ दिनको यो लक्जरी टुरका लागि होलिडेजले २ लाख ३५ हजार रुपैयाँ शुल्क तोकेको छ ।
होलिडेजले सार्वजनिक गरेको यो प्याकेजमा दुईतर्फी हवाई टिकट, फोर स्टार होटेलमा ब्रेकफास्टसहितको बास, टोकियोको सिटी टुर, माउन्ट फुजीको भ्रमण, टोकियोको स्काई ट्रीको भ्रमण तथा आसी लेकको भ्रमण लगायतका सुविधा उपलब्ध हुनेछन् ।
त्यस बाहेक भिसा शुल्क, एयरपोर्टबाट पिक एन्ड ड्रप देखि त्यहाँ लाग्ने स्थानीय यातायातको खर्च र त्यसमा लाग्ने सबै ट्याक्सहरू समावेश गरिएको छ ।
यस्तो छ जापान घुम्ने भ्रमण तालिका
पहिलो दिन :
जापान भ्रमणको पहिलो दिन काठमाडौंबाट जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी त्यहाँबाट टोकियो स्थित होटेलमा लगिनेछ । जापान पुगेको समयका आधारमा उक्त दिन पर्यटकहरूले आफूखुसी नै घुमघाम गर्ने वा आराम गर्ने सक्नेछन् ।
दोस्रो दिन :
जापान भ्रमणको दोस्रो दिन बिहान ७ बजे होटेलमा ब्रेकफास्ट गरिसकेपछि जापानको राजधानी टोकियो सहरको भ्रमणमा लगिनेछ, जसको सुरुवात त्यहाँको ऐतिहासिक मन्दिर आसाकुशाबाट हुनेछ । सोही क्रममा कन्नोन मन्दिर, स्काई ट्री फोटो सुट, सुमिधा रिभर, ऊएनो अर्मकोचोको स्ट्रीट आदिको भ्रमण गराइनेछ ।

यी स्थानहरूको भ्रमण गराइसकेपछि लञ्च खुवाएर इम्पेरिअल प्यालेसमा फोटोसुटका लागि लगिनेछ भने त्यसपछि ओदैबा रैंबो, टोकियोकै मिनाटो सिटीमा रहेको स्ट्याचु अफ लिबर्टी लगायतको प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गराइनेछ । साँझ ६ बजे होटेलमा ल्याइनेछ र बाँकी समय व्यक्तिगत घुमघाम र खानपानमा खर्च गर्न सकिने छ ।
तेस्रो दिन :
जापान टुरको तेस्रो दिन बिहान होटेलमा ब्रेकफास्ट गरेर माउन्ट फुजी टुरका लागि लगिनेछ । यो दिन पर्यटकहरूका लागि विशेष दिन रहनेछ । भ्रमणकै क्रममा माउन्ट फुजी नजिकै रहेको हाकोने भन्ने स्थानमा साइट सिन गराइनेछ । हाकोने पर्यटकहरूका लागि आकर्षक गन्तव्य हो । सोही क्षेत्रमा पर्ने ओशिनो हक्काइ तालमा छोटो समय पाइरेट सिपमा यात्रा गर्न सकिनेछ भने फोटोसुटको आनन्द लिन सकिने छ ।

त्यसपछि फुजी पिस पार्कको भ्रमणमा लगिनेछ जहाँ हिमालको काखमा बुद्धका प्रतिमाहरू देख्न सकिनेछ । अपराह्न हाकोनेबाट रोपवेमा यात्रा गरी ज्वालामूखीबाट बनेको सहर ओवाकुदानीको अवलोकनमा लगिनेछ । हाकेने र माउन्ट फुजीको यात्रा लगभग अपराह्न ४ बजे सकिनेछ र त्यहाँबाट करिब डेढ घण्टाको यात्रा गरेर पुनः टोकियोमा फर्किनेछ । बाँकी समय टोकियोमै खानपान र घुमफिरमा बिताउन सकिनेछ ।
चौथो दिन :
जापान भ्रमणको चौथो दिन जापानको ऐतिहासिक सम्पदा र जीवनशैलीको बारेमा अवलोकन गराइने छ । यस दिन बिहान होटेलमा ब्रेकफास्ट गरिसकेपछि कामाकुरा र एनोशिमाको भ्रमण गराइने छ । यो समुद्री किनारमा रहेको सानो सुन्दर टापु हो, जहाँ समुन्द्रका सुन्दर तटीय दृश्यसहित त्यहाँको आनन्द लिन सकिनेछ । त्यसपछि कामाकुरामा ग्रेट बुद्धको मूर्ति तथा बुद्धसँग सम्बन्धित अन्य आकर्षक कलाकृति तथा विभिन्न सुन्दर मन्दिरहरूको अवलोकन गराइनेछ ।

सोही दिन पर्यटकका लागि सपिङ गर्न केही समय पनि छुट्टाएको छ । त्यहाँको जिन्जा र अकिहवारा भन्ने स्थानमा सपिङका लागि लगिनेछ । जिन्जा त्यहाँको प्रख्यात सपिङ सेन्टर हो । अकिहवारा इलेक्ट्रोनिक्स सामानका लागि समेत प्रख्यात स्थान हो । जापानको सबैभन्दा व्यस्त जेब्रा क्रस अर्थात् शिबुया स्ट्रिटमा फोटोसुट गर्ने तथा त्यहाँको चर्चित हाचिको स्ट्याचु अर्थात् मालिकलाई कुरेर बस्दाबस्दै मर्ने कुकुरको प्रतिमा रहेको स्थानको समेत भ्रमण गराइनेछ । उक्त दिन साँझ ५ बजे होटेल फर्किएर आराम गरिनेछ ।
पाँचौँ दिन :
जापान भ्रमणको पाँचौँ दिन नेपाल फर्कने दिन हो । बिहान होटेलमा ब्रेकफास्टपछि विमानस्थलमा लगिनेछ । अविस्मरणीय सम्झनाहरूका साथ जापानको भ्रमण समाप्त हुनेछ ।
भिसा प्रक्रिया

जापानको भ्रमणमा लागि तपाईँसँग कम्तीमा ६ महिनाको भ्यालिडिटी भएको पासपोर्ट चाहिनेछ । कम्तीमा ५ लाख रुपैयाँ क्लोजिङ ब्यालेन्स भएको र विगत ६ महिनादेखिको बैंक स्टेटमेन्ट आवश्यक पर्नेछ । अन्तिममा जापान जाने प्रयोजनका लागि मात्रै गरिएको डिपोजिटलाई जापानले त्यति मान्यता दिएको छैन । त्यस कारण कम्तीमा ६ महिना पहिलेदेखि तपाईँको बैंक खातामा करिब ५ लाख रुपैयाँ बचत रहेको भएमा उत्तम हुनेछ । यदि तपाईँ परिवारसँग घुम्न जाने हो भने रिलेसनसीप सर्टिफिकेट पनि आवश्यक हुनेछ ।
किस्ताबन्दीको सुविधा
सामान्यतया जापान भ्रमणमा थ्री स्टार होटेलमा लगेर राख्ने गरिन्छ । तर कान्तिपुर होलिडेजले भने यस पटक लक्जरी अर्थात् फोर स्टार होटेलमा राख्ने गरी प्याकेज ल्याएको छ । एउटा कोठामा दुई जना र बच्चासमेत भएमा तीन जनासमेत बस्न मिल्ने गरी प्याकेज ल्याएको र लक्जरी प्याकेजका लागि यो सस्तो प्याकेज भएको होलिडेजले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया