काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सरकारले आफूहरुमाथि दमन गरेको भन्दै विरोध जनाएका छन् ।
उनले आफूहरुले निषेधित क्षेत्र नतोडेको र कानुन समेत नतोड्दा प्रहरीले आफूमाथि दमन गरेको भन्दै कटाक्ष गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै दमनले विचार नमर्ने भन्दै सरकारको व्यवहारले हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दा अझै सुदृढ भएको समेत दाबी गरे ।
‘धन्यवाद प्रम के पि ओली र गृहमन्त्री रमेश लेखक ज्यू, तपाईंहरूको बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति।
हामीले निषेधित क्षेत्र र कानुन तोडेका थिएनौँ। दमन र निषेधले विचार मर्दैन । भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको हाम्रो संकल्प अझै सुदृढ भएको छ,’ थापाले सामाजिक सञ्जालमा भनेका छन् ।
संयुक्त जनआन्दोलन परिचालन समितिले जेठ १५ गतेबाट गरेको प्रदर्शन जारी राखेको छ । आइतबारको प्रदर्शनको क्रममा प्रहरीले कमल थापासहित ७ जनालाई पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया