असन्तुष्ट यातायात व्यवसायी र सरकार पक्षबिच गृहमन्त्रालयमा वार्ता जारी

लोकपथ
3.2k
Shares

काठमाडौं । विभिन्न मागसहित सार्वजनिक यातायात नै बन्द गरेर सडकमा निस्किएका यातायात व्यवसायीसँग वार्ता जारी रहेको छ ।

सिंहदरबारस्थित गृहमन्त्रालयमा वार्ता जारी रहेको हो ।

छलफलमा गृहमन्त्री रमेश लेखकसहित असन्तुष्ट व्यवसायीहरुका प्रतिनिधिहरु उपस्थित रहेका छन् ।

गण्डकी प्रदेश सरकारले हालै लागु गरेको राइड शेयरिङ सम्बन्धी नयाँ मापदण्डको विरुद्धमा व्यवसायीहरुले असन्तुष्टी जनाएका हुन् । उनीहरुले निजी सवारी साधनलाई समेत भाडाको सवारी सरह चल्न दिएपछि सार्वजनिक यातायातमा असर पुग्ने भन्दै असन्तुष्टी जनाइरहेका छन् । त्यसो त व्यवसायीहरुले गण्डकी प्रदेश सरकारले उक्त ऐन खारेज नभएसम्म आफूहरु अनिश्चितकालका लागि यातायातका साधन बन्द गर्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?