नेकपा एमालेले बोलायो संसदीय दलको बैठक

लोकपथ
644
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ । बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी नयाँ बानेश्वरस्थित संसद् भवन लोत्सेहलमा बोलाएको हो ।

बैठकमा संसदमा प्रस्तुत भएको बजेट र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेटमाथिको औपचारिक छलफल संसद्मा मंगलबारदेखि सुरु हुँदैछ। यसै सन्दर्भमा एमालेले आफ्ना सांसदहरूलाई बैठकमा उपस्थित भई रणनीति तय गर्न आह्वान गरेको हो ।

यता, विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आइरहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?