आइसिसी विश्वकप लिग–२ आजदेखि, नेपाल पहिलो खेलमा स्कटल्याण्डसँग भिड्ने

लोकपथ
2.8k
Shares

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक सिरिज सोमबार (आज) बाट स्कटल्याण्डमा सुरु हुँदैछ।

सिरिजको उद्घाटन खेलमा नेपालले आयोजक टिम स्कटल्याण्डको सामना गर्दैछ। खेल फोर्थहिल डुन्डीमा नेपाली समय अनुसार अपराह्न ३:४५ बजेबाट सुरु हुनेछ।

नेपालले यो सिरिजअन्तर्गत चार खेल खेल्नेछ। दोस्रो खेल जुन ४ मा नेदरल्याण्ड्ससँग, तेस्रो खेल जुन ८ मा पुनः स्कटल्याण्डसँग र अन्तिम खेल जुन १० मा नेदरल्याण्ड्ससँग हुनेछ।

विश्वकप लिग–२ को अंक तालिकामा नेपाल हालसम्मको प्रदर्शनमा कमजोर देखिएको छ। अहिलेसम्म खेलेका १२ खेलमध्ये मात्र २ जित निकाल्दै नेपाल आठौं अर्थात पुछारको स्थानमा रहेको छ।

लिगमा २० खेल खेलेको अमेरिका २८ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानमा २६ अंकसहित नेदरल्याण्ड्स र तेस्रो स्थानमा ओमान २४ अंकसहित रहेको छ। स्कटल्याण्ड र क्यानडाले समान २० अंक जोडेका छन्। अन्य टोलीहरूमा नामिबिया, युएई र नेपाल क्रमशः पछाडि छन्।

त्रिकोणात्मक लिग सिरिजपछि नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग टी–२० सिरिज पनि खेल्नेछ, जुन असार २ गतेदेखि सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?