व्यवसायीहरुले ठप्प पारे सार्वजनिक यातायात

लोकपथ
7.5k
Shares

काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरूले सोमबार (आज) देखि देशभर अनिश्चितकालीन सवारी साधन बन्दको घोषणा गरेका छन् ।

सार्वजनिक यातायात बचाउ केन्द्रिय संघर्ष समिति 2082 ले आइतबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सो निर्णय लिएको जानकारी दिएको हो ।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा देशभरका सार्वजनिक यातायातका सवारी साधन ग्यारेजमै थन्क्याएर बस्ने निर्णय गरिएको हो ।

समितिले गण्डकी प्रदेश सरकारले निजी सवारी साधनहरूलाई सार्वजनिक सवारीसरह व्यवसायिक प्रयोगको अनुमति दिने निर्णय संविधानको धारा ५७ को उपधारा ६ र उपधारा ७ तथा यातायात व्यवस्था ऐन २०४९ को समेत उल्लंघन भएको उल्लेख गर्दै आपत्ति जनाएको छ।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को नामबाट जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने हुँदा मिति २०८२/२/१९ गतेबाट हुने बन्दले आम उपभोक्ता वर्ग, यात्रु, मजदुर, कर्मचारीहरूलाई हाम्रो आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी सार्वजनिक यातायातलाई बचाई दिन सरोकारवाला सबै निकायमा हार्दिक अपिल गर्दछौँ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?