काठमाडौं उपत्यका बन्दको आह्वान फिर्ता, नेताहरूको रिहापछि आन्दोलन स्थगित

लोकपथ
9.5k
Shares

काठमाडौं । संयुक्त जनआन्दोलन समितिले सोमबारको लागि आह्वान गरेको काठमाडौं उपत्यका बन्द फिर्ता लिएको छ।

संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै गठन गरिएको संयुक्त जनआन्दोलन समितिले सोमबारको लागि आह्वान गरेको काठमाडौं उपत्यका बन्द फिर्ता लिएको हो ।

बन्दको आह्वान राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दीपक सिंहसहितका नेताहरूको गिरफ्तारीको विरोधमा गरिएको थियो। तर उनीहरू सबै रिहा भइसकेपछि बन्द स्थगन गरिएको समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?