‘सुनकोशी मरिन डाइभर्सन परियोजना समयमै नसकिए ठेक्का तोडिन्छ’

लोकपथ
280
Shares

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने बताएका छन् ।

मधेस प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक आयोजनाअन्तर्गत आइतबार जनकपुरधाममा एकैसाथ ६४ सडकको विद्युतीय माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सिँचाइको आशामा मधेसका जनताले लामो समय जमिन बाँझो राख्न नसक्ने भएकाले परियोजना चाँडो सक्न आग्रह गरे ।

सुशासन र विकासमा जोड दिँदै उनले भ्रष्टाचारभन्दा ठूलो अपराध ढिलासुस्ती भएकाले विकासका लागि बामे सराइ नभई रकेटको शैलीमा काम गर्न आग्रह गरे ।

कुनै पनि परियोजनामा ढिलासुस्तीले त्यसको लागत बढ्ने र लाभान्वित समूह पनि प्रभावित भई विकास र समृद्धिमा बाधा उत्पन्न हुने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?