काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कुनै हैसियत नभएको बताएका छन् ।
योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले अहिलेको सरकारलाई गणतन्त्र बचाउने इच्छाशक्ति नरहेको उनको भनाइ छ । गफ हाँक्ने बाहेक सरकारले कुनै काम गर्न नसकेको बताए ।
उनले आफूहरूले गफ नगरी एक लाख मान्छे उतारेको तर नेकपा एमालेले काठमाडौं कब्जाको गफ दिएर लाजमर्दो अवस्था देखाएको जिकिर गरे । एमालेको अहिले देश, दुनियाँमै बेइज्जत भएको उनको आरोप छ ।
अध्यक्ष दाहालले भने, ‘यो सरकारको त केही हैसियतै छैन । यसको कुनै हैसियत नै छैन । यसको इच्छाशक्ति पनि छैन । हैसियत पनि छैन । गफ हाँक्ने बाहेक केही छैन । उनीहरूले गफ गरे । हामीले गफै नगरी एक लाख मान्छे उतारेर देखायौँ । यिनीहरूले गफ गरे काठमाडौं कब्जा, लाजै मर्नु । गफ गरे काठमाडौं कब्जाको । तर देश दुनियाँमा यति बेइज्जत भयो एमाले भन्ने पार्टीको । यस्ता छन्, यिनीहरूलाई केही मतलबको कुरा छैन । यो जिम्मेवारी लिने हामीले नै हो ।’
अध्यक्ष दाहालले जनतालाई सही कुराको प्रचार गर्न स्वयंसेवक खटाउनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया