काठमाडौं । राप्रपा सांसद दिपक सिंह काठमाडौं प्रहरी परिसरबाटै पक्राउ परेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका सिंह आफैँ पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा थापासँगै ललितपुर जावलाखेलकी शिला राणा, भक्तपुर थिमिका वर्षीय रोकश बस्नेत, नुवाकोटको पञ्चकन्या नगरपालिका–१ का रामचन्द्र लामिछाने, टोखा नगरपालिका–२ का विनोद कपाली, भक्तपुरको चाँगुनारायणका सरोज तिमिल्सिना र राजीव झा छन् ।
यसअघिका प्रदर्शनका क्रममा घुसपैठ भएको आरोपमा केही व्यक्तिहरुलाई प्रकाउ गरिएको थियो । तर आजको प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष समेत रहेका कमल थापासहित केही व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया