राजावादीले फैलाउन खोजेको भ्रमबारे जनतालाई बुझाउनुपर्ने समय आयो : प्रचण्ड

लोकपथ
203
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीले फैलाउन खोजेको भ्रम र जालझेलबारे जनतालाई बुझाउनुपर्ने समय आएको बताएका छन् ।

आइतबार योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिगमनकारीहरुले अहिले राजाका बारेमा तर्क गर्न थालेकाले तदारुकताका साथ प्रतिवाद गर्नुपर्ने बताए ।

उनले प्रतिगमनविरुद्ध संस्थागत पहल नहुँदा छाडा हुन थालेको भन्दै नारायणहिटी हत्याकाण्ड, नविता, विनिता बलात्कार र हत्या, मूर्ति चोरेर विदेश पुर्‍याउने को हुन् भनेर जनतालाई बुझाउनुपर्ने समय आएको स्पष्ट पारे ।

यथास्थितिवाद र प्रतिगमनकाविरुद्ध वैचारिक रुपले गाउँगाउँ, टोलटोल र घरघरमा पुर्‍याउनुपर्ने समय आएको अध्यक्ष दाहालको भनाइ थियो ।

उनले संविधानको अपनत्व र स्वामित्व रक्षाका लागि उभिनेसँग भोलिका दिनमा तालमेल हुनसक्ने स्पष्ट पारे । अध्यक्ष दाहालले माओवादीविरुद्ध यथास्थितिवादी र प्रतिगमनकारीले भ्रम फैलाउने काम गरिरहेको आरोपसमेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?