राजावादी आन्दोलनमा को–को पक्राउ परे ? (नामसहित)

लोकपथ
2.2k
Shares

काठमाडौं । संयुक्त जनआन्दोलन परिचालन समितिको नेतृत्वमा भएको राजवादी आन्दोलनका क्रममा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नक्साल नारायणचौरमा राजावादीहरुको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले कमल थापासहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले ६ जनालाई नियन्त्रणमा लिइएको लोकपथलाई जानकारी दिए ।
‘निषेधित क्षेत्र तोड्न खोज्ने ६ जनालाई नियन्त्रणमा लिएका छौँ,’ उनले लोकपथसँग भने ।

पक्राउ पर्नेहरुमा कमल थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिना रहेका छन् ।

बिहीबारबाट संयुक्त जनआन्दोलन परिचालन समितिले राजतन्त्र पुनस्थापनाको मागसहित प्रदर्शन सुरु गरेको थियो । अन्य दिनको आन्दोलन शान्तपूर्ण भए पनि आज भने आन्दोलन भड्किएको हो ।

राजावादीहरुले ‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने मुल नारासहित आन्दोलन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?