काठमाडौं । राजवादी आन्दोलनका क्रममा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नक्साल नारायणचौरमा राजावादीहरुको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले कमल थापासहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले ६ जनालाई नियन्त्रणमा लिइएको लोकपथलाई जानकारी दिए ।
‘निषेधित क्षेत्र तोड्न खोज्ने ६ जनालाई नियन्त्रणमा लिएका छौँ,’ उनले लोकपथसँग भने ।
बिहीबारबाट संयुक्त जनआन्दोलन परिचालन समितिले राजतन्त्र पुनस्थापनाको मागसहित प्रदर्शन सुरु गरेको थियो । अन्य दिनको आन्दोलन शान्तपूर्ण भए पनि आज भने आन्दोलन भड्किएको हो ।
कमल थापासहित राजावादीहरु पक्राउ परेपछि राप्राका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा नक्सालमा राजावादीहरु धर्नामा बसेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया