त्रिविमा तोडफोड गर्ने नेविसंघका कार्यकर्तामाथि कारबाहीको तयारी

लोकपथ
196
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा तोडफोड गर्नेमाथि कारबाही र हानि नोक्सानीको क्षतिपूर्ति भराउने प्रक्रिया अघि बढेको विश्वविद्यालयले जनाएको छ । 

नेविसंघका विद्यार्थी नेताहरुले गत १४ गते त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रा.खड्क केसी र शिक्षाध्यक्ष प्रा.दुविनन्द ढकालको कार्यकक्षमा तोडफोड र तालाबन्दी गरेका थिए ।

‘विश्वविद्यालयका केन्द्रीय पदाधिकारीलाई भौतिक रूपमा आक्रमण गर्ने गरी फोनमार्फत धम्की दिने, सामाजिक सञ्जालको प्रयोग गरी पदाधिकारीको चरित्र हत्या गर्ने जस्ता कार्य गर्नुका अतिरिक्त मिति २०८२/०२/१४ का दिन २०-२५ जनाको समूह त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयमा प्रवेश गरी उपकुलपतिको सचिवालय तोडफोड  गर्ने पदाधिकारी एवं कर्मचारीलाई भौतिक आक्रमण गर्न खोज्ने कार्य  भएकोले उक्त गतिविधिमा संग्लन व्यक्तिहरूलाई कानुन बमोजिम कारबाही तथा भौतिक सम्पत्तिको हानी नोक्सानीको क्षतिपूर्ति भराउन आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको ब्यहोरा जानकारी गराइन्छ ।यस कार्यमा आवश्यक सहयोगका लागि विश्वविद्यालय परिवार, नेपाल सरकार, आम सञ्चार जगत र प्रबुद्ध नागरिक समाजसँग विश्वविद्यालय हार्दिक अपिल गर्दछ,‘ त्रिविले जारी गरेको विज्ञप्तिमा भनिएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?