राजावादी आन्दोलन : कमल थापा पक्राउ

लोकपथ
4.9k
Shares

काठमाडौं । प्रहरीले पूर्व उपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापालाई नियन्त्रणमा लिएको छ ।

संयुक्त जनआन्दोलन परिचालन समितिले राजतन्त्र पुनस्थापनाका लागि गरेको प्रदर्शनका क्रममा थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच नक्साल नारायणचौर क्षेत्रमा क्षेत्रमा धकेलाधकेल समेत भएको थियो । सो क्रममा थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले लोकपथलाई जानकारी दिए ।

थापाले भीडलाई भड्काएर उत्तेजित पार्न खोजेपछि नियन्त्रणमा लिइएको उनले बताए ।

‘उहाँले भीडलाई भड्काएर उत्तेजित पार्न खोजेपछि नियन्त्रणमा लिएका हौँ,’ उनले लोकपथसँग भने ।

बिहीबारबाट सुरु भएको प्रदर्शन शान्तिपूर्ण भए पनि आजको आन्दोलनमा भने राजावादीहरुले निषेधित क्षेत्र तोड्न खोजेका थिए ।

जेठ १५ गतेदेखि राजावादी विभिन्न शक्तिहरुले काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

‘अवस्था बदल्न, व्यवस्था बदलौँ’ भन्ने मुल नारासहित राप्रपा, राप्रपा नेपालसहित राजावादी शक्तिहरुले आज नक्साल नारायणचौर क्षेत्रमा प्रदर्शन गरिरहेका थिए । त्यसो त शनिबार बालुवाटार क्षेत्र, शुक्रबार माइतीघरमा आन्दोलन गरेका राजावादीहरुले बिहीबार शान्तिबाटिकामा प्रदर्शन गरेर आन्दोलनको सुरुवात गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?