काठमाडौं । अभिनेता सलोन बस्नेत र करिश्मा केसी बस्नेतले पहिलो पटक एकसाथ म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनीहरुले गायिका समिक्षा अधिकारी र अभिनेता तथा गायक आमेश भण्डारीको स्वर रहेको ‘फिक्का फिक्का’ बोलको गीतको म्यूजिक भिडियोमा अभिनय गरेका हुन् ।
गीतमा अभिनेता तथा गायक भण्डारीकै शब्द तथा संगीत रहेको छ । विश्व अधिकारीले संगीत संयोजन गरेको यो गीतको भिडियोमा करिश्मा र सलोन प्रेमिल जोडीका रुपमा प्रस्तुत भएका छन् ।

सलोन र करिश्माको सिनेमा ‘रंगी’मा गीत गाएका आमेशले यसपटक आफ्नो गीतमा उनीहरुलाई अभिनय गराएका छन् ।
सार्वजनिक गीतको भिडियोलाई कोरियोग्राफी दावा बल तामाङले गरेका छन् भने निर्देशन कविराज गहतराजले गरेका छन्।
सौरभ लामाको टिमले खिचेको यो भिडियोको सम्पादन दिनसन शाहले गरेका छन्। यो गीतको भिडियो गायिका समिक्षा अधिकारी कै युट्युब च्यानलबाट हेर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया