काठमाडौं । स्वास्थ्य क्षेत्रबारे विशेष दखल राख्ने अनलाइन ‘मेडिकल पत्र’का प्रधान सम्पादक बुद्धि कटेलले ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ पाएका छन् ।
विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको आयात, उत्पादन, सबक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्युनिकरण, नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल तथा मन्त्रालयका सचिव डा. विकास देवकोटाले अवार्ड प्रदान गरेका हुन् ।
सो पुरस्कारबाट मेडिकल पत्रका प्रधान सम्पादक कटेलसहित सात जना पत्रकार, अभियन्ता तथा संस्थालाई प्रदान गरिएको गरिएको छ ।
सम्मानितहरुलाई कदर पत्र तथा जनही ५० हजार रुपैयाँबाट सम्मान गरिएको हो ।
पुरस्कार पाउनेहरुमा भाइटल स्ट्राटेजी दक्षिण पूर्वी एसियाका निर्देशक डा. तारासिंह बम, अनुसन्धानकर्ता लक्ष्मीनारायण देव, मेडिकल पत्र डटकमका सम्पादक बुद्धि कटेल, क्यान्सर काउन्सिल नेपालका रूद्र कडरिया, हेल्थ टिभी अनलाइनकी सम्पादक कल्पना आचार्य, नेपाली हेल्थ डटकमका सम्पादक, राम प्रसाद न्यौपाने, अनलाइनखबर डटकमका पत्रकार, पुष्पराज चौलागाईले सम्मान पाएका हुन् ।
कदर पत्रमा भनिएको छ, ‘बुद्धि कटेल प्रधान सम्पादक, मेडिकल पत्र, काठमाडौं। तपाइँले सूर्तिजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र उपभोग गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण र नियमन गर्नका लागि निरन्तर समाचार प्रकाशन गरी पत्रकारिताको माध्यम मार्फत योगदान पुयाई उत्कृष्ट कार्य गर्नुभएको हुँदा स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार छनौट समितिको मिति २०८२–०२–१४ को निर्णय अनुसार तपाइँलाई स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार राशी रू. ५०,००० (पचास हजार रूपैयाँ) नगद र यो कदर–पत्र सहित सम्मानीत गरिएको छ। आगामी दिनमा समेत यहाँको अनुकरणीय योगदानले निरन्तरता पाउने अपेक्षा गरिएको छ। पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया