परराष्ट्रमन्त्री डा. राणा हङकङबाट स्वदेश फिर्ता

लोकपथ
252
Shares

काठमाडौ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङबाट स्वदेश फर्किएकी छन्। 

हङकङमा सम्पन्न अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापनासम्बन्धी महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भई उनी गएराति स्वदेश फर्किएकी हुन् । 

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा डा राणा सो समारोहमा सहभागी हुन गत बुधबार हङकङ गएकी थिइन् ।

जेठ १६ गते सम्पन्न उक्त हस्ताक्षर कार्यक्रममा ३२ देशले औपचारिक रूपमा हस्ताक्षर गरेका थिए । साथै, ५० भन्दा बढी मुलुक र २० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूको सहभागिता रहेको थियो ।

उक्त संगठनले विभिन्न देशबीच, एक देश र अर्काे देशको कम्पनी वा नागरिकबीच एवं विभिन्न मुलुकका निजी व्यवसायहरूबीचका विवादलाई मध्यस्थताद्वारा समाधान गर्ने उद्देश्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?