काठमाडौं । देशका विभिन्न भू-भागमा पश्चिमी वायु, स्थानीय वायु तथा कोशी प्रदेशमा सक्रिय मनसुनी प्रणालीको प्रभाव देखिएको छ। यसका कारण हाल कोशी, कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा वा आंशिक बदली रहने अनुमान गरिएको छ।
यस्तै, यी प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि केही स्थानमा वर्षासहित हल्का हिमपात हुन सक्ने सम्भावना रहेको छ।
आज राति पनि कोशी र मधेस प्रदेशसँगै पहाडी भू-भागका थोरै स्थानहरूमा वर्षाको सम्भावना कायमै रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया