एमालेको स्पष्ट बहुमत आउनु नै मिसन ०८४ : प्रधानमन्त्री ओली

लोकपथ
133
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ मा नेकपा एमालेको स्पष्ट बहुमत आउने दाबी गरेका छन् । 

नेपाल बुद्धिजीवी परिक्षद्को ११औँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । 

उनले मिसन चौरासी एउटा कार्यनीतिक सिँढी भएको बताउँदै त्यसमा अझै स्पष्ट बहुमत आउने बताए   ।  एमालेको स्पष्ट बहुमत आउनु नै मिसन चौरासी भएको बताए  । २०८४ साल आफैँ आउने तर मिसन ०८४ एमालेले बनाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । मिसन ०८४  नेकपा एमालेको एकल बहुमत ल्याउने गरी लागौँ भन्ने रहेको बताए ।  

प्रधानमन्त्री ओलीले विगतमा पनि एमालेमाथि आक्रमण भइरहेको र सो क्रम अहिले पनि जारी रहेका बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?