राष्ट्रिय हितको पक्षमा उभिँदा एमालेमाथि आक्रमण भयो : वरिष्ठ उपाध्यक्ष पोखरेल

लोकपथ
1.4k
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले लिएको सही राजनीतिरुपी शरीरमा विज्ञताको मांसपेशी भर्नसकेमात्रै सुन्दर नेपाल बनाउन सकिने बताएका छन् ।

शनिबार काठमाडौंमा बुद्धिजीवी परिषद्को महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले एमालेले लिएको उद्देश्यअनुसार अघि बढ् नसके मात्रै देश समृद्ध र सुन्दर बन्ने जिकिर गरे । उनले बुद्धिजीवीहरूले आफ्नो ज्ञान बाँडेर मुलुकलाई समृद्ध बनाउन सक्ने बताए ।

एमालेले विगतमा कमजोरी गरेर अहिले आक्रमण भइरहेको भन्ने नसोच्न आग्रह गर्दै एमालेले लिएका सही अडान र हितमाथि आक्रमण भइरहेको बताए । राष्ट्रिय हित, स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता र अखण्डताको पक्षमा दृढतापूर्वक उभिएका कारण एमालेमाथि आक्रमण भएको बताए । नेपालका कुनै पार्टीहरू एमालेको जस्तो उचाइमा पुग्न नसक्ने उनको दाबी छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘यति बेला हामीले सही पोलिटिक्स, नेकपा एमालेको सही पोलिटिक्सको स्केलेटनमा विज्ञताको मांसपेशी भर्न सके मात्रै समृद्धिको सुन्दर तस्बिर बनाउन सकिन्छ । देशलाई समृद्ध बनाउनको लागि यो चिजको आवश्यकता छ । तपाईँहरूले आफ्नो बौद्धिकता प्रयोग गरेर यस हिसाबको भूमिका खेल्नुपर्छ । एमालेमाथि अहिले हमला भइरहेको छ । एमालेले पनि कहीँ न कहीँ कमजोरी, गल्ती गरेर यस्तो भयो भन्नुहुन्छ । एमालेमाथि हमलाको कारण ४ वटा छन् । एमाले राष्ट्रिय हित, स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता र अखण्डताको पक्षमा दृढतापूर्वक उभिएको छ । नेपालका कुनै पार्टीहरू एमालेको यो उचाइमा पुग्न सक्दैनन्, यो हाम्रो दाबी हो ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालको परिवर्तन रुस र चीनको जस्तो नभएको र नेपालको परिवर्तन नेपाली विशेषताको परिवर्तन भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?