सिन्धुपाल्चोक । जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका–५ नवलपुर चोकस्थित संकल्प होटल एण्ड भोजनालयको कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक सोही नगरपालिका६ बस्ने ४० वर्षीय राकेश बस्नेत समेत ५ जनालाई शुक्रबार दिउसो पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ७ सय ३० रुपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया