गणतन्त्रबारे प्रश्न उठाउने समय भएको थिएन : नेतृ झाँक्री

लोकपथ
1.3k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले गणतन्त्रबारे प्रश्न उठाउने समय नभएको बताएकी छन् । ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हु्न् । 

उनले गणतन्त्रमा अभ्यास गरेका १८ वर्ष, संविधान जारी गरेका करिब १० वर्षमा किन प्रश्न उठ्यो त भन्ने बारेमा सोच्न जरुरी रहेको बताइन् । 

उनले गणतन्त्र ल्याउँदा आफूहरूले गरेका प्रतिबद्धताका बारेमा बुझाइहरू एउटै नभएको भन्दै गणतन्त्रलाई विवादित बनाइएमा असन्तुष्टि जनाइन् । यो व्यवस्थामा काम गर्नुपर्छ भन्ने जिम्मेवारी कम गरेको महसुस गरेको बताइन् ।  

नेतृ झाँक्रीले भनिन्, ‘गणतन्त्रमा अभ्यास गरेका १८ वर्ष, संविधान जारी गरेका करिब १० वर्षमा किन प्रश्न उठ्यो त भन्ने प्रश्न छ । गणतन्त्रमा प्रश्न उठ्ने समय नै भएको थिएन । तर त्यो व्यवस्था ल्याउँदा हामीले गरेका प्रतिबद्धताका बारेमा हाम्रा बुझाइहरू एउटै थिएनन् । गणतन्त्रलाई यस्तो विवादित बनाइयो । यो व्यवस्थामा हामीले काम गर्नुपर्छ, त्यो हाम्रो जिम्मेवारी हो भन्ने कुरा जिम्मेवारी हामीले कम महसुस गर्‍यौँ की । तिलस्मी सपनाहरू बाँडेर मात्रै बस्यौँ, काम गरेनौँ की ?’

नेतृ झाँक्रीले सम्भव नहुने सपना बाँड्न नहुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?