राज्य जनतासँग नजिक भएको अनुभूति भएन : सचिव भट्टराई

लोकपथ
1.8k
Shares

काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले राजनीतिक दल र राज्यको सेवा प्रवाहमा रूपान्तरणको आवश्यकता रहेको बताएका छन् । ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले बन्दुकले सेना कुट्ने र मार्ने र हान्ने बाहेक केही नदेखेको माओवादी पनि रूपान्तरण भएर अहिलेको संविधानमा आएको उल्लेख गर्दै आवश्यक पर्दा राजनीतिक दल र नेताहरू रूपान्तरण भइरहेको बताए ।  

उनले राजनीतिक पार्टी पनि नेता पनि आज फेरि एक पटक रूपान्तरण हुन जरुरी रहेको बताए । आजको नयाँ पुस्तालाई उपयुक्त अवसरको सिर्जना गर्ने र राज्यलाई जनतासँग नजिक पुर्‍याउने काममा लाग्नुपर्ने बताए । आज राज्य जनतासँग नजिक भएको अनुभूति हुन नसकेको बताउँदै 

 उनले सुशासन र सेवा प्रवाहका बारेमा राज्य रूपान्तरित भएर अघि बढ्नु आजको आवश्यकता रहेको जिकिर गरे । 

सचिव भट्टराईले भने, ‘हामी वामपन्थीहरु, जो जन्मजातै गणतन्त्रवादी भनेर हिँड्छौँ हामीले आफूलाई । २०४६ सालपछि यो ०४७ को संविधान मान्नुपर्छ । संवैधानिक राजासँग पनि सम्झौता गरेर जान सकिन्छ भन्ने विचार बनायौँ । त्यो रूपान्तरण नभएको भए कसरी हुन्थ्यो । त्यो विचारले काम लागेन । किनकि सम्झौता राजाले भंग गरेका थिए । हामीले होइन । तिमीसँगको सम्झौता भंग भयो, हामी अघि बढ्यौँ भन्यौँ । बन्दुक र सेना बाहेक कुट्ने र मार्ने र हान्ने बाहेक केही नदेखेको माओवादी कसरी ०७२ को संविधानमा आयो । जहाँ बहुदलीय प्रतिस्पर्धा, मानव अधिकार, मान्छेको मूल्य, राजनीतिक चेतनाको कुरा छ । त्यो हिजोको माओवाद सिद्धान्तमा त्यति मेल खाने कुरा थिएन । आज यहाँ आइपुगेको माओवादी रूपान्तरण बिना कसरी आयो ? हो हामी आवश्यक पर्दा रूपान्तरण हुँदा रहेछौँ । राजनीतिक पार्टी पनि नेता पनि आज फेरि एक पटक अर्को एक झमट रूपान्तरणको आवश्यकता छ । त्यसले हामीलाई यहाँ भन्दा अझ माथि लैजान्छ । आजको नयाँ पुस्तालाई उपयुक्त अवसरको सिर्जना गर्ने र राज्यलाई जनतासँग नजिक पुर्‍याउने । आज राज्य जनतासँग नजिक भएको अनुभूति भएन । सुशासन, डेलिभरीका कुराहरू छन् । जो सहज हुनुपर्ने थियो, त्यो सहज नहुँदा मध्यमवर्ग छट्पटिएका छन् । गिटी कुट्ने, मकै पोलेर खानेलाई राज्यले खोजेको पनि छैन । राज्यले केही दिएको छैन ।’

सचिव भट्टराईले अवसरहरुको ठिक ढंगले उपयोग गर्नुपर्ने जरुरी रहेको बताए । सुशासन, सेवाहरू सहज बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । राज्य रूपान्तरण हुन जरुरी रहेको बताउँदै विगतको रूपान्तरणले नपुगेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?