राजावादी आन्दोलनमा घुसपैठ गरेको आरोपमा एक जना पक्राउ

लोकपथ
1.5k
Shares

काठमाडौं । राजावादीहरूको प्रदर्शनका क्रममा घुसपैठ गरेको भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राजावादीहरूले थालेको तेस्रो दिनको आन्दोलनमा घुसपैठको आरोपमा एक जनालाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपिल राज बोहराका अनुसार, आन्दोलनको क्रममा घुसपैठ गरेको आरोपमा एक व्यक्ति केहीबेर अघि पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिलाई अहिले परिसर भद्रकालीमा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?