काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले इमान, निष्ठा र क्षमताका आधारमा कार्यसम्पादन गर्दा न्यायपालिका कहिल्यै बद्नाम नहुने बताएका छन् ।
शनिबार न्यायपालिका अधिकृत समाजको पाँचौ वार्षिक साधार सभाको उद्घाटन सत्रमा बोल्दै प्रधानन्यायाधीश राउतले यस्तो बताएका हुन् ।
उनले न्यायपालिकाप्रति सोझिएको प्रश्नको समाधानका लागि आफूले सधैँ प्रयास गरिरहेको बताए । मर्यादित, सम्मानित र प्रतिष्ठित न्यायपालिका निर्माणमा कर्मचारीको भुमिका महत्त्वपूर्ण रहने बताए । देशभरका न्यायालयको रेकर्ड हेर्दा कर्मचारीहरू न्यायपालिकाको आधार स्तम्भ भएको महसुस गरेको प्रधानन्यायाधीश राउतको भनाइ छ । उनले कर्मचारीहरूकै सहयोग र बलमा न्यायिक सुधार गर्ने प्रयासमा आफूm रहेको पनि बताए । उनले कर्मचारीमा उत्साह जगाउनेतर्फ आफूm सधैँ सजग रहेको स्पष्ट पारे ।
उनले न्यायपालिकाका अधिकृतहरूको हितमा मात्र केन्द्रित नभई विधिको शासनको रक्षा र न्यायिक अक्षुणता कायम राख्नेतर्फ ध्यान दिन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया