काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आगामी आर्थिक वर्षको बजेटले कुनै एउटा समूहलाई आर्थिक लाभ दिने काम नगरेको बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले आगामी आर्थिक वर्षको बजेटले कुनै एउटा समुदाय र समूहलाई आर्थिक लाभ दिने काम नगरेको बताए । बजेटमा हरेक क्षेत्रलाई समेट्ने कोशिस गरेको बताए । निर्माण क्षेत्रमा भने सोचेअनुसार समेट्न नसकेको बताए ।
अध्यक्ष सिंहले भने, ‘आगामी आर्थिक वर्षको बजेटलै कुनै एउटा समुदायलाई, कुनै एउटा समूहलाई आर्थिक लाभ दिने काम गरेको छैन । बजेटमा हरेक क्षेत्रलाई समेट्ने कोशिस गरेको छ । निर्माण क्षेत्रलाई पनि समेट्ने कोशिस गर्दै गर्दा नीति तथा कार्यक्रम आउँदा जति उत्साहित थियौँ, निर्माण क्षेत्रमा रहेका समस्या राज्यले पहिचान गरिसकेको छ, यसलाई सम्बोधन गर्नेकुरा राज्यले प्राथमिकतामा राखेको छ भन्नेकुरा सोचेका थियौँ, बजेटबाट ति समस्या सम्बोधन गरिन्छ भन्ने थियो । केही कुराहरु समावेश भएका छन् ।’
अध्यक्ष सिंहले सरकारले निर्माण क्षेत्रमा भएका समस्या समाधान गर्नेकुरामा निर्माण व्यवसायीहरुले दिएका सुझावहरु समेट्न नसकेको बताए । रुग्ण योजनाहरु सम्बोधन गर्न बजेटमै नेपालको कर्मचारीहरुलाई सहज गरिदिनुपर्ने आवश्यकता रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया