पेन्सिलभेनिया । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन ४ तारिख बुधबारदेखि स्टिल र आल्मुनियम आयातमा हालको करको दर २५% बाट बढाएर ५०%पुर्याउने घोषणा गरेका छन्।
पेन्सिलभेनियाको पिट्सबर्गमा आयोजित एक र्यालीमा ट्रम्पले यो कदमले स्थानीय स्टिल उद्योग र राष्ट्रिय उत्पादनलाई बढवा दिने र चीनमाथिको निर्भरता कम गर्ने बताएका हुन्।
ट्रम्पले अमेरिकी स्टिल र जापानको निप्पोन स्टिल बिचको साझेदारीले यस क्षेत्रको स्टिल उत्पादनमा १४ अर्ब डलर लगानी गर्ने पनि बताए। यो साझेदारीको विवरण अझै स्पष्ट छैन र दुवै कम्पनीहरूले अहिलेसम्म कुनै सम्झौताको पुष्टि गरेका छैनन्।
र्यालीमा स्टिल कामदारहरूको भीडलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘कुनै पनि कामबाट कटौती हुनेछैन र आउटसोर्सिङ हुनेछैन, र प्रत्येक अमेरिकी स्टिल कामदारले चाँडै नै ५ हजार डलर बोनस पाउनेछन् जुन उनीहरूले पाउनु पर्ने हो।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया